निजगढ,महालक्ष्मी विकास बैंकको निजगढ शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत निजगढ १० स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, लालका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ ।बैंकले आयोजना गरेको कार्यक्रममा विद्यालयका १ सय ३८ जना विद्यार्थीहरुलाई एक÷एक थान विद्यालय झोला वितरण गरिएको हो । शैक्षिक सामग्रीको अभावमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सहभागीहरुले बैंकले शिक्षा क्षेत्रमा पु¥याएको सहयोग प्रशंसनीय रहेको बताएका थिए ।
विद्यालय प्रशासनले पनि विद्यार्थीहरुको शैक्षिक गतिविधिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै महालक्ष्मी विकास बैंकप्रति धन्यवाद ज्ञापन गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ

Leave a Reply