बारा,बाराको ४ वटै निर्वाचन क्षेत्रमा सोमवारबाट सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । सोमवार राति ११ बजेसम्म ४९१० मत गणना हुँदा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनालीले अग्रता बनाउनुभएको छ ।

मैनालीले २४६७ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाली कांग्रेसका उमाकान्त चौधरीले २१७७ मत प्राप्त गर्नुभएको छ । हालसम्म गणना भएको ४९१० मतमध्ये मैनालीले करिव ५० प्रतिशत मत प्राप्त गर्नुभएको हो । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले १६५, लठ्ठी चुनाव चिन्हका राकेश न्यौपानेले ८२ र राप्रपाका भक्तबहादुर दर्लामीले ८७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले ५७० र जसपाका रामसहाय यादवले ५२७ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा माओवादीबाट गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशवाहाले १५५ मत र अर्का स्वतनत्र उम्म्ेदवार रोशन यादवले १७१ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी ज्वाला साह १४२६ मतका साथ अग्रस्थानमा हुँदा जसपाका रामबाबु यादव दोस्रो स्थानमा रहनुभएको छ । यादवले १३८७ मत पाउनुभएको छ । सो क्षेत्रमा सत्तागठबन्धनबाट लोसपाका लालबाबु सिंह तेस्रो स्थानमा रहनुभएको छ । सिंहले ६५२ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर ४ मा भने नेकपा एकिकृत समाजवादीका किसान श्रेष्ठको अग्रता छ भने एमालेका इकवाल मिया निकटतम प्रतिस्पर्धी देखिनुभएको छ ।

निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीकाअनुसार क्षेत्र नम्बर १ को कोल्हबी, क्षेत्र नम्बर २ को बरियारपुर, क्षेत्र नम्बर ३ को कलैया र क्षेत्र नम्बर ४ को जीतपुरसिमरामा मतगणना भइरहेको हो ।

Leave a Reply