निजगढ,राष्ट्रिय स्वतन्त्र पार्टी बाराले निजगढ वडा नम्बर ४ को तदर्थ समिति गठन गर्र्न दिएको जिम्मेवारी फिर्ता लिएपछि यमकुमार सापकोटा सरिताले एमाले पार्टीबाट राजिनामा नदिएको बताउनुभएको छ । रास्वपाले जिम्मेवारी फिर्ता लिएको भोलिपल्ट सामाजिक सञ्जाल फेसबुकमा आज स्टाटस लेख्दै सापकोटाले एमालेमा लिखित राजीनामा नबुझाएको र रास्वपाको जिम्मेवारी लिने विषयमा समेत निजगढ समितिसंग कुनै छलफल नभएको बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ– ‘जहाँसम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको भन्ने कुरा छ, त्यस सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी निजगढ नगर समितिसँग कुनै औपचारिक छलफल भएको छैन ।’ सापकोटाले रास्वपाको जिम्मेवारी बारेमा पनि आफूलाई पूर्व जानकारी नभएको बताउनुभएको छ । ‘केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिसमक्ष धारणा राखेको आधारमा नेताहरूले सो जिम्मेवारी दिनुभएको रहेछ, उहाँले भन्नुभएको छ, तर यसबारेमा आफूलाई कतैबाट पनि कुनै जानकारी दिइएको थिइएन ।’
उहाँले उहाँले फेसबुक स्टाटसमा लेख्नुभएको छ– ‘म जहाँ रहूँ, जसरी अघि बढूँ, विधि र प्रक्रियाभित्र रहेर नै अघि बढ्नेछु । यदि पार्टी छोड्ने अवस्था आयो भने पनि लिखित राजीनामा दिएर मात्र जानेछु र नयाँ ठाउँमा जाँदा पनि सम्बन्धित संगठनसँग आवश्यक सल्लाह गरेर मात्रै अघि बढ्नेछु ।’
लामो समयदेखि नेकपा (एमाले) को राजनीतिमार्फत सामाजिक सेवामासमेत छुट्टै पहिचान बनाएको बताउँदै आफू कुनै पार्टीमा जाँदा कसैको भाग खोसिने र छोड्दा भाग लिएर नजाने पनि बताउनुभएको छ । उहाँले आफूले जहिले पनि निष्ठा र इमान्दारिताका साथ निजगढवासी जनताको हित, विकास र सेवामा समर्पित भएर काम गर्दै आएकोले आफ्नो विषयमा सार्वजनिक रुपमा नकारात्मक टिप्पणी नगर्न पनि आग्रह गर्नुभएको छ । एमाले बारा जिल्ला कमिटी सदस्य समेत रहनुभएकी सापकोटालाई रास्वपाको वडा अधिवेशन गर्ने जिम्मेवारी दिएको सूचना बाहिरिएसंगै रास्वपा कार्यकर्ताहरुले असन्तुष्टि जनाएपछि जिल्ला संगठन निर्माण समितिकी संयोजक चौधरीले सापकोटालाई हटाएर सविना विष्टलाई जिम्मेवारी तोक्नुभएको थियो ।
रास्वपा त्यागेकी शर्मा काग्रेसको केन्द्रीय सदस्य
कलैया,प्रतिनिधिसभा निर्वाचनताका रास्वपा परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गर्नुभएकी बाराकी ममता शर्मालाई काग्रेसले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । काग्रेस सभापति गगन थापाले आज शर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ । बाराको सिम्रौनगढ नगरपालिका घर भएकी शर्मालाई सभापति थापाले केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शर्मा केन्द्रीय समिति सदस्य मनोनीत भएको जानकारी दिनुभयो । शर्मा रास्वपाको मधेश प्रदेशको संस्थापक सभापति हुनुहुन्थ्यो ।
गत फागुन २१ गते भएको चुनावअघि उहाँ रास्वपा विधि र विधानविपरीत चलेको भन्दै पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गर्नुभएको थियो ।

















