पुष्पराज खतिवडा
बारा,साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको बिहीवार १७औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कलैयास्थित कृषि ज्ञान केन्द्रको सभाहलमा भएको साधारण सभाको जिल्ला सहकारी संघ लिमिटेड बाराका अध्यक्ष उपेन्द्र जैसवालले उद्धाटन गर्नुभएको थियो । सभामा बोल्दै प्रमुख अतिथि जैसवाले समाज रुपान्तरणमा सहकारी संस्थाहरुको भूमिका अहम् रहेकोभन्दै समुदायलाई सवल बनाउन उत्पादनमा जोड दिनुपर्ने बताउनुभयोे ।

यस्तै बारा बचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष सत्यन्द्र ठाकुरले संघहरुले प्रारम्भीक संस्थाहरुको प्राविधिक सहयोगमा काम गर्नुपर्ने भएपनि आर्थिक अभावका कारण समस्या हुनेगरेको बताउनुभयो । सरकारको समेत बेवास्थाका कारणले अभियान कमजजोर हुँदा संघहरु चलायामान हुन नसकेको उहाँले स्वीकार गर्नुभएको छ । यसैगरी कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनाराण साहले सहकारीहरुले उत्पादन र बजारीकरणलाई महत्व दिनुपर्ने बताउनुभयो ।
जिल्लाको मनहर्वा, सपही, तेतरिया, डुमरवानासहित केही संस्थाले उत्पादन र बजारीकरणको कामको सुरुवात गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कलैयाका गुड्डु चौरसिया, नेपाल सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, साना किसान कृषि सहकारी संस्था डुमरवानका संचालक रुद्र न्यौपाने, उद्योग वाणिज्य संघ बाराका प्रतिनिधिलगायतले बोलेका थिए ।बार्षिक साधारणसभाको अवसरमा सहकारी संचालन र व्यवस्थापनमा उत्कृष्ट भूमिका खेलेकोभन्दै सहकारी संस्थाका एकजना अध्यक्ष र एकजना व्यवस्थापकलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड ईनर्वासिराकी अध्यक्ष संजिला खातुन र कोल्हबी नगरपालिका वडा नम्बर ४ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड सपहीका प्रबन्धक अरुण चौधरी रहेकाछन ।सभाले कार्यक्रमा प्रस्तुत संस्थागत एवं आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।१ सय ३१ वटा प्रारम्भिक सहकारी संस्थाहरु सदस्य रहेको जिल्ला कृषि संघको बार्षिक साधारणसभामा ८० वटा सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको संघका प्रबन्धक नविन चौधरीले जानकारी दिनुभयो ।जिल्ला संघका अध्यक्ष मिश्रीलाल सहनीको अध्यक्षता, सचिव रामएकवाल चौधरीको स्वागत र उपाध्यक्ष नयनकला खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply