बरियारपुर,जिल्ला प्रहरी कार्यालय बाराले बिहीवार विभिन्न मुद्दामा फरार रहेका २ जना अभियुक्तलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले लागूऔषध मुद्दामा जिल्ला अदालतबाट १ वर्ष ३ महिना कैद र १० हजार जरिवानाको फैसला भइ फरार रहेका बारागढी गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष ६० का सुरेन्द्र साह बांनिया र लेनदेन मुद्दाका फरार प्रतिवादी सोही गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष ७५ का सखिचन महरालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला अदालत बाराको २०७४ साउन ९ गतेको फैसला आदेशले सजाय तोकिएका साह गाउँघरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो भने जिल्ला अदालतको २०७७ पुष ९ गतेको फैसला आदेशले ६ महिना कैद ठहर भइ फरार महरालाई पनि घरमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
फरार दुबै अभियुक्तलाई अदालतको आदेशमा वीरगन्ज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।