सिगौल,निजगढ नगरपालिका वडा नम्बर १ मा रहेको फुटबल क्लबलाई खेलकुद सामग्री वितरण गरिएको छ ।
आर्थिक वर्ष २०८०-८१ को वडा नम्बर १ को वडा कार्यालयले विनियोजन गरेको ३ लाख रुपैयाँ अन्तर्गत खेलकुद सामग्री वितरण गरिएको हो ।खेलकुद सामग्री वितरण कार्यक्रमामा वडा अध्यक्ष मगले लोप्चन, वडा सदस्य फूलमाया लामा, महिला वडा सदस्य जुनेली माया विक, कन्तलाल धामीलगायत समाजसेवी र स्थानीय बुद्धिजीवीहरुको उपस्थिति थियो ।
वडा नम्बर १ को बरम बाबा युवा क्लब, गुम्बाटोल युवा क्लव र नमुना बस्ती युवा क्लबका खेलाडीहरुलाई जर्सी, फुटवल र जुत्तालगायतका खेल सामग्री वितरण गरिएको हो ।

Leave a Reply