कृष्णमोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ मा रहेको श्री नेरामावि कठकुइया बसन्तपुर पकडी टोलामा एसर्ईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याइ उतिर्ण हुने विद्यार्थीहरुलाइ सम्मान तथा बिदाइ गरिएको छ ।
आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सात जना विद्यार्थीहरु दोसल्ला ओढाएर पुरस्कार वितरण गरिएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ सापकोटाको सभापतित्वमा र वडा नम्बर १ वडा अध्यक्ष रामशरण ख्वास थारुको प्रमुख आतिथ्यमा समपन्न भएको हो ।
कार्यक्रम मा गाउँ पालिका का शिक्षा प्रमुख शिवराज फ्युयाल आसमान नेपाल का धर्मेन्द्र चौरसिया कार्यपालिका सदस्य ऋषिकुमार हजरा विद्यालयका प्रधानाध्यापक कृपासिन्धु पटवारी लागायतको उपस्थित रहेको थियो ।


















