सिमरा,साविक डुमरवाना गाविसका पूर्व अध्यक्ष नारायण क्षेत्री नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । भूमि आयोग बाराका पूर्वअध्यक्ष समेत रहेका क्षेत्री जीतपुरसिमराको सामाजिक क्षेत्रमा सक्रिय रहदैआउनुभएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवाना निवासी क्षेत्रीको नेकपा प्रवेशले बारा क्षेत्र नम्बर ३ को राजनितिमा तरंग ल्याएको छ । उहाँलाई पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराउनुभएको थियो ।क्षेत्री यसअघि नेकपा एमालेमा सक्रिय हुनुहुन्थ्यो । नेकपा एमालेबाट २०५४ सालमा डुमरवाना गाविसको अध्यक्षमा निर्वाचित उहाँ इमान्दार छवि भएको नेताको रुपमा चिनिदैआउनुभएको छ ।

Leave a Reply