निजगढ,निजगढ नगरपालिका वडा नम्बर २ सिङगौलमा १३ वर्षीया एक किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढमा सोमवार उजुरी दर्ता भएकोछ निजगढ नगरपालिका वडा नम्बर २ मा लामो समयदेखि किराना पसल चलाउदै आएका ३८ वर्षका मनोज राईले पसलमा सामान किन्न गएकी स्थानीय एक बालिकामाथि यौन दुव्र्यवहार र अस्लिल हर्कत गरेको आरोप छ ।इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले पनि घटनाको पुष्टि गर्नुभएको छ । उहाँले यौन दुव्र्यवहार आरोपमा कार्यालयमा जाहेरी परेको बताउनुभयो । निरीक्षक श्रेष्ठले शारीरिक परीक्षणको लागि बालिकालाई सोमवार राति नै प्रादेशिक अस्पताल कलैया पठाइएको पनि जानकारी दिनुभयो ।पसलमा सामान किन्न पुगेकी बालिकाको शरीरमा समातेर राईले सोवार बिहान करिव ८ बजे दुव्र्यवहार र अश्लिल हर्कत गरेको जाहेरीमा उल्लेख गरिएको बताइएको छ ।आरोपी राई भने फरार बनेको स्थानीयले बताएका छन । पीडितका आफन्तले सोमवार साँझ इलाका प्रहरी कार्यालय निजगढमा आएर घटना दर्ता गराएका हुन ।सोही वडाका वडा अध्यक्ष राजन श्रेष्ठ पनि किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पुर्पपक्षको लागि एक वर्षदेखि वीरगन्ज कारागारमा छन ।














