सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानामा बिहीवारदेखि ब्युटिसियन तालिम सुरु भएको छ । मधेस प्रदेशसभा सदस्य रवीन्द्रदास श्रेष्ठको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत ‘हाम्रो समाज जागरण अभियान’ ले तालिमको आयोजना गरेको हो ।२५ दिनसम्म संचालन हुने तालिमको एक कार्यक्रमकाबीच नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै उपप्रमुख अधिकारीले महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउन सीपमुलक प्रशिक्षणले मद्दत पुग्ने बताउनुभयो ।कार्यक्रममा एमाले नेता मनोज पौडेल, किशोर शर्मा, डुमरवाना कलेजका अध्यक्ष अनिल मैनाली, राजकुमार अर्याल, प्रदेशसभा सदस्य श्रेष्ठका स्वकीय सचिव मोहन लामिछाने, रेडियो सिमराका कार्यकारी निर्देशक अच्युत पौडेल, स्थानीय महिला नेतृ सिमा ठकुरीलगायतको उपस्थिति रहेको थियो ।हाम्रो समाज जागरण अभियानद्धारा संचालित रेडियो सिमराका निर्देशक सत्य श्रेष्ठको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।


















