मधेश प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्जको श्रीवृद्धि होस् र यहाँ कुनै समस्या नहोस् भन्ने चाहना सबैको हुन्छ । तर, यही महानगरका जनप्रतिनिधिका कारण महानगर नै बद्नाम हुन्छ वा नगरवासीले नै समस्या झेल्न पर्छ भने यसको दोषी को ?स्वभाविक रुपमा प्रश्न उठ्छ । हामीले वीरगञ्ज महानगरपालिकामा कार्यकारी प्रमुख नभएको कुरा पटक पटक उठायौं तर महानगरको बद्मासीको कुरा नगरौं तर यहाँ त महानगरले संस्थागत बद्मासी गरेको रहिनछ भन्ने कुरा खुल्दैछ ।

वास्तवमा वीरगन्ज नगरवासीका लागि जो हाकिम भएर आएपनि खासै फरक पर्दैन । कामसँग मात्र सरोकार हो । जो कार्यालय प्रमुख भएर आएपनि कार्यकारी प्रमुखका लागि काम गर्ने स्पष्ट कार्यादेश छ नै ।
अनि यस्तोमा सरुवा भएर आएका कार्यकारी अधिकृतका विरुद्धमा किन सिंगो कार्यपालिका नै लाग्नुपर्यो ? नगरवासीले नबुझेको कुरा । काम गर्ने स्पष्ट कार्यादेश हुँदा हुदै पनि मेयरले रडाको मच्चाउने हो भने कसरी कार्यकारीले काम गर्न सक्छ ? जो आएपनि वातावरण हुनुपर्दछ । वीरगञ्जका लागि आएका हाकिम सिडियो कार्यालयमा थन्कने अनि हाकिम चाहियो भनेर कुर्लन यो कस्तो मेयरको नीति हो ? यसले कस्तो संदेश दिन खोजिएको हो ?
अहिलेको सरकार फरक छ । यस्तै मेयरहरुलाई सवक सिकाउनका लागि नै काठमाडौंका पहिलाका मेयर अहिले देशको कार्यकारी भएको अवस्था छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरिरहेको हर्कतलाई सहज रुपमा मन्त्रालय वा सरकारले लिने संभावना देखिदैन । बिना कारण कार्यकारी अधिकृतको भूमिकामा प्रश्न उठाउन पनि पाइदैन । आफूले मनलाग्दी गर्न पाइदैन भनेर कार्यकारीको विरोध गर्न पाइदैन । यसको गलत कुरा हो र यस्तो गलत कुराले अन्ततः महानगर नै बद्नाम हुने निश्चित छ ।

Leave a Reply