सामाजिक सुरक्षा भक्ता मुलतः सरकारले एकल महिला,अपांगता भएका ब्यक्तिहरुका लागि लक्षित गरी सरकारले संचालनमा ल्याएको महत्वपूर्ण सरकारको उपलब्धी हो । तत्कालिन मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा लागू गरेको यो सामाजिक सुरक्षा भक्ता कार्यक्रम भने अहिले एकदमै लोकप्रिय छ । त्यसपछिका सरकारहरुले यसलाई राजनीतिक हतियार समेत बनाउने गरेका थिए ल।
बर्तमान कम्यूनिष्ट सरकारले समेत यसलाई महत्वकांछी कार्यक्रमको रुपमा अगाडि सारेको थियो तर केही बढाएको पनि छ तर स्थानीय तहहरुमा भने नागरिकहरु सामाजिक सुरक्षा भक्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । प्रर्दशनमा उत्रिएका छन्,यसले नागरिकहरुको भावनामाथि ठूलो चोट लागेको छ ।
यसरी सामाजिक सुरक्षा भक्ताका लागि नागरिकहरु आन्दोलित हुनु आफैमा बिडम्बनाको कुरा हो । सडकमा सामाजिक भक्ता माग गर्दै प्रर्दशनमा उत्रनु भनेको स्थानीय सरकारहरुका लागि पनि लाजमर्दो कुरा हो । त्यसैले पनि सामाजिक सुरक्षा भक्ता जस्ता नागरिकहरुको अधिकारको बिषयमा स्थानीय सरकारहरु बढी जिम्मेवार र गम्भीर बन्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here