वीरगञ्ज । एक ज्येष्ठ नागरिकलाई बोक्सीको आरोप लगाउँदै गालीगलौज र कुटपिट गरेको अभियोगमा पर्सा प्रहरीले तीन जना महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–३२ चोर्नी बस्ने ३८ वर्षीय पीँकी देवी, ४४ वर्षीय पानामति देवी र ५४ वर्षीय शान्ति देवी धानुक रहेका छन् । उनीहरूलाई बोक्सी आरोप (कसुर र सजाय) ऐन, २०७२ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, गत वर्ष फागुन २७ गते बिहान करिब ११ः३० बजे वीरगञ्ज–३२ चोर्नी टोलमा उक्त घटना भएको थियो । ती ज्येष्ठ नागरिक (जाहेरवाली) गहुँ बारीमा बाली हेर्न जाँदै गर्दा सोही ठाउँकी २८ वर्षीय मुनती देवीलगायतको समूहले बाटो छेकेका थिए ।
प्रहरीका अनुसार ‘एक छिन काम छ’ भन्दै झुक्यानमा पारी ती वृद्धालाई जोरजुलुम गरी उनीहरूले आफ्नो घरको आँगनमा लगेका थिए । त्यहाँ पु¥याएपछि “मलाई किन भूतप्रेत लगाई बिरामी पारेको ?” भन्दै बोक्सीको आरोप लगाएर अश्लील गालीगलौज गर्नुका साथै चप्पलले कुटपिट गरेको पीडितले दिएको जाहेरी दरखास्तमा उल्लेख छ ।

पीडित ज्येष्ठ नागरिकको जाहेरीको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न पीँकी, पानामति र शान्ति देवीलाई जेठ ०५ गते मङ्गलवार दिउँसो बजे पक्राउ गरेको हो । उनीहरू वीरगञ्ज महानगरपालिका– ८ घण्टाघर क्षेत्रमा घुमफिर गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।बोक्सीको आरोपमा कुटपिट गर्ने र अभद्र व्यवहार गर्ने कार्यलाई नेपालको कानुनले गम्भीर अपराध मानेको छ । ‘बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२’ अनुसार कसैलाई बोक्सीको आरोप लगाएमा, सोही आधारमा कुटपिट गरेमा वा अमानवीय व्यवहार

Leave a Reply