हेटौंडा । गण्डकी प्रदेशमा जन्म भइ मकवानपुरमा बसोवास गर्ने समुदायको संस्था गण्डकी समाज मकवानmपुरको संचार संयोजकमा पत्रकार कृष्णउदास खनाल मनोनित हुनु भएको छ । हालै सम्पन्न सो समाजको जिल्ला कार्य समितिको बैठकले खनाललाई संचार संयोजकको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । दुई दशक भन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सकृय रहनु भएका खनाललाई संचार बिज्ञको रुपमा नियुक्त गर्ने कार्य समितिको बैठकले निर्णय गरेको गण्की समाज मकवानपुरका महासचिव प्रेम अधिकारीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा जन्मनु भएका खनाल पर्सा सहित बारामा लामो समय पत्रकारिता गर्दै हाल मकवानपुरको हेटौंडामा रहेको रेडियो थाहा संचारमा आवद्ध रहनु भएको छ । यो संगै उहाँ बारा जिल्लाबाट प्रकाशित हुने कृपा राष्ट्रिय दैनिक पत्रिकाको कार्यकारी सम्पादक को रुपमा बिगत २५ बर्षदेखि रहदै आउनु भएको छ भने नेपाल समाचारपत्रको बरिष्ठ संवाददाताको रुपमा बिगत दुई दशक देखि कार्यरत रहनु भएको छ । गण्डकी समाज मकवानपुरका अध्यक्ष महेन्द्र राउतको अध्यक्षतामा बसेको बैठकले बुद्धी ढकाल,सूर्यचन्द्र न्यौपाने,रघुरमण न्यौपाने,बिष्णु श्रेष्ठ,पदमराज आचार्य, उदय पंडित,भक्त बहादुर खत्री,पुरण बहादुर जोशीप्रमोद सि.ह रानाभाट,रामजी अधिकारी र संतोष पोडेललाई सल्लाहकारमा मनोनित गरेको पनि महासचिव अधिकारीले जानकारी दिनुभयो । बैठकले जिल्ला संयोजकहरु र अन्य बिभाग लगायतका पदमा पछि अर्को बैठकबाट निर्णय गर्ने जनाइएको छ ।

Leave a Reply