जीतपुर,बाराको जीतपुरसिमरा अस्पतालको मेडिकल सुपरिटेन्टमा एम.डि.जि.पि. डा.प्रकाश साह नियुक्त हुनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले अस्पतालको मेसु पदमा साहलाई पदबहाली गराउनुभएको हो ।नवनियुक्त मेसु साह छाती, पेट, मधुमेह, थाईराईड रोग विशेषज्ञ हुनुहुन्छ । डा. साहले पाटन हस्पिटल ललितपुरबाट एम.डि.जि.पिको अध्ययन गर्नुभएको थियो । पदबहाली पछि मेसु साहले अस्पतालको सेवा सहज तुल्याउ तत्कालको लागि केही योजनाहरु अघि सार्नुभएको छ । पहिलो चरणमा ओ.पि.टी र ईमरजेन्सी व्यवस्थापन गर्ने, दोस्रो चरणमा उपचारका लागि बाहिर जाने अवस्थाको अन्त्य गर्नेगरी गर्भवती महिलाको उपचार र बच्चालाई क्रिटिकल अवस्थामा पनि राख्न सक्ने उपकरण सहितको व्यवस्थापन गरिने उहाँको भनाइ छ ।कार्यक्रममा जीतपुरसिमरा वडा नं.२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, जीतपुरसिमरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण पण्डित, श्री नेरामावि सिमराका प्रधानध्यापक शंकर अचार्य, नेकपा एमालेका रविन्द्र खकुरेल लगायतको सहभागिता रहेको थियो ।

















