वीरगञ्ज,वीरगञ्ज महानगरपालिकास्थित वडा प्रहरी कार्यालय विर्ताको प्रमुख भएर काम गरेका प्रहरी निरीक्षक विदुर सिवाकोटी पक्राउ परेका छन् । १३ वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक सिवाकोटी पक्राउ गरेको हो ।आफ्नै घरमा काम गर्ने १३ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिवाकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रहरी निरीक्षक सिवाकोटीलाई बुधवार राति नागार्जुन नगरपालिका– १ स्थित निवासबाटै पक्राउ गरिएको हो ।बुधवार राति नै काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र, प्रहरी र बाल अधिकारकर्मीले सिवाकोटीको घरबाट बालिकालाई उद्धार गरेका थिए । उद्धारपछि बालिकाले आफू यौन दुव्र्यवहारमा परेको बताएकी थिइन् ।



















