वीरगञ्ज,मकवानपुरको हेटौँडा उपमहानगरपालिका – १० कर्रामा क्रेनले किच्दा एक जनाको मृत्यु भएको छ ।
प्रदेश २–०३००१ क २०२४ नम्बरको क्रेनले किच्दा सोही क्रेनको सहचालक पर्साको वीरगञ्ज महानगरपालिका– ३० बस्ने २८ वर्षीय सानबाबु पासवानको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मङ्गलवार दिउँसो १ बजेर ४५ मिनेटमा ब्याक गर्ने क्रममा क्रेनले किच्दा पासवान गम्भीर घाइते भएका थिए ।घाइते पासवानलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । यद्यपि चिकित्सकहरूले त्यहाँ उनलाई दिउँसो २ बजेर ४० मिनेटमा मृत्यु घोषित गरेको प्रहरीले जनाएको छ ।प्रहरीले क्रेन चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

Leave a Reply