हेटौंडा , हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा रहेको,कमाने एकेडेमीका छात्रा कृष खनालले माध्यामिक शिक्षा परीक्षा एसइइ २०८२ मा वडा स्तरमा सर्वाधिक जिपिए ल्याएको पाइएको छ । कमाने एकेडेमीबाट एसइइमा सहभागी भएका खनालले हेटौडाको वडा नम्बर ७ र ८ का निजी तथा सामुदायिक बिद्यालयमा सबैभन्दा बढी जिपिए ल्याएर उत्कृष्ट बिद्यार्थी भएको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । हेटौंडा ७ र ८ मा मात्र नभइ समग्र उपमहानगरपालिकाभरीमा नै आफ्नो छोराले ल्याएको अंक उत्कृष्ट भएको कृषका पिता कृष्णउदास खनालले बताउनुभयो ।
थोरै सामाजिक बिषयमा नम्बर कम नभएको भए ४ जिपिए ल्याउनमा समस्या नभएपनि ४ ल्याए सहर रहेको खनालको तर्क छ । कृष उपमहानगरपालिकामा नै ४ जिपिए बिद्यार्थीपछि पहिलो नम्बरमा आउने समेत खनालको दाबी छ । गत सोमबार सार्वजनिक भएको यस बर्षको एसइइ परीक्षामा कृष खनालले ३.९६ अंक ल्याएर कमाने एकेमेडी बिद्यालयको इीतहाँसमा नै उत्कृष्ट अंक ल्याउने बिद्यार्थीको रुपमा रेकर्ड बनाएको बताइएको छ ।



















