नेपाल आयल निगमले नेपालीहरुका लागि आवश्यक पर्ने इन्धनको आपूर्ति गर्दै आइरहेको छ । आयल निगमले इन्धनको आपूर्ति गर्दे आइरहे पनि निगम विवादरहित भने कहिल्यै हुन सकेको छैन । आयल निगमकै कारण उपभोक्ताहरु भने पटक पटक मारमा पर्दै आइरहेका छन् । नेपालमा स्पष्ट रुपमा भन्दा नेपाल विद्युत प्राधिकरणमा चरम बेथिति थियो, एकजना व्यक्तिको सकृयताले त्यो विकृति अन्त्य भएकै हो अब नेपाल आयल निगमका लागि पनि यस्तै एकजना व्यक्तिको आवश्यकता परेको देखिन्छ ।

आयल निगम कहिल्यै फाइदा हुदैन तर आज इन्धनको मुल्य यत्ति बढेको छ कि त्यहाँ नाफा नहुने कुरै छैन । पछिल्लो समय १८ करोड नाफामा निगम गएको कुरा सार्वजनिक भएको छ तर निगमले कुनै चासो दिएको छैन मुल्य घटाउने बिषयमा । खाना पकाउने ग्याँसको समेत मुल्य बढ्दा त नागरिकहरु मारमा छन् ।

तैपनि आयल निगमले उपभोक्ताहरुको समस्याको बिषयमा पटक्कै ध्यान दिएको छैन । अर्को सत्य कुरा पनि के हो भने निगमभित्र भ्रष्टचारको जालो छ । अब त्यो जालोकाु अन्त्य नगरेसम्म इन्धनको मुल्य बढ्दै जाने छ । त्यसैले कित अब आयल निगमको औचित्य सकेर निजी क्षेत्रलाई इन्धन ढुवानीको जिम्मा दिनु पर्दछ नत्र विद्युत प्राधिकरणका निर्देशक कुलमान जस्तै एकजना व्यक्ति यसका लागि आवश्यक परेको छ ।

Leave a Reply