आर.के.चौधरीपटेर्वा,पर्साको पटेर्वासुगौली गाउँपालिका वडा २ को पर्यटकीय स्थल भौरीमाईमा आयोजना गरिएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको बिहिबार प्रदेश २ की अर्थ मामिला राज्यमन्त्री माननीय उषा यादवले उदघाटन गर्नुभएको छ । उदघाटन कार्यक्रम पटेर्वासुगौली गाउँपालिका अध्यक्ष हरीनारायण चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रमकी प्रमुख अतिथि प्रदेश २ की अर्थ मामिला राज्यमन्त्री माननीय उषा यादव, विशिष्ट अतिथि प्रदेश सभा संसद विना यादव, बिशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष ममता महतो, सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिपप्रसाद जयसवल, जसपा पर्सा अध्यक्ष रामनरेश यादव, स्वकीय सचिव बबिता यादव, वडा अध्यक्ष १ का फर्मान मिया, २ का बिजय गैरे, ३ का अध्यक्ष माधव राउत, ४ का अध्यक्ष राजेशवर महतो, वडा ५ का अध्यक्ष मोतीलाल साह, आदिवासी जनजातिका अध्यक्ष दिनेश चौधरी, थारु कल्याणकारीका सचिव भागवत चौधरी, वुद्धिजीवी महेन्द्र चौधरी, सञ्चारकर्मी लक्ष्मी खरेल तथा जनप्रतिनिधि र स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गापा उपाध्यक्ष ममता महतोले स्वागत मन्तव्य राख्नुभएको थियो ।
यज्ञ उद्घाटनअघि जलयात्रमा सहभागी वडा २ का स्थानीयवासीहरु र कन्याहरुले गादीमाईको खोलाबाट जल भरी भाथा, रामपुर, बैजनाथपुर, पलोटाडी र रङ्गपुर परिक्रमा गरि भौरीमाई फर्केका थिए । भौरीमाई मन्दिर तथा विवाह मन्डप निर्माणर्थ आयोजना गरिएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आगामी बैशाख ९ गतेसम्म हुने छ ।