नेपालको कार्यकारी प्रमुखमा गत चैत १३ गतेबाट बालेन्द्र शाह रहनुभएको छ । बिगतमा काठमाडौं महानगरपालिकाका नगर प्रमुख समेत रहनुभएका बालेन शाह प्रधानमन्त्री भएपछि देशमा केही परिवर्तन होला र नागरिकहरुमा राहत होला भनेर धेरैले आशा गरेका थिए र बालेन साहलाई आँखा चिीम्लएर नै नागरिकहरुले मत दिएको पनि देखिन्छ तर प्रधानमन्त्रीमा चयन भएपछि बालेनको कृयाकलाप बढी गैर जिम्मेवार भएको आरोप लाग्न थालेको छ । बालेन कार्यकारी भएपछि केही कुरामा सुधार गर्न चाहेको पनि देखिन्छ तर नागरिकप्रति बालेन कम जिम्मेवार भएको कुरा भने बढी उठ्न थालेको छ ।
बुधबारको सदनमा पनि यो कुरा देखियो र सोमबारको सदनमा पनि यस्तै कुरा देखियो । वास्तवमा कसैले स्वीकार नगरे पनि जनताले मत दिएपछि जो भएपनि सांसद भइ नै हाले र प्रक्रियामा मन्त्री भएपछि विरोध गर्नुको अर्थ नहोला तर प्रधानमन्त्री होस् वा मन्त्री वा जो कोही त्यही सदनमा भने जिम्मेवार र जवाफदेही हुनुपर्दछ ।प्रधानमन्त्री बालेन शाह सदनप्रति जवाफदेही बनेको देखिदैन । सोमबार र बुधबारको घटनाक्रमले त्यही देखाउँछ ।
प्रतिपक्षले विरोध गर्नु स्वभाविक भएपनि प्रधानमन्त्रीको पनि सदनमा उपस्थिति हुनुपर्दछ । सदनमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुको जवाफ दिँदा केही बिग्रदैन । बरु त्यसले फाइदा नै गर्दछ ।
यो कुरा पनि बुझौं र सर्बेसर्वा सोच राख्नु उचित नहोला । त्यसो त विगतमा पनि केही नेताले यस्तो अभ्यास त गरेका थिए नै । तर सदनप्रति जिम्मेवार चैं हुनु पर्दछ र सदनमा रमिता देखाउने काम गर्न हुन्न । यो विषयमा प्रधानमन्त्री र उहाँको दल जिम्मेवार बन्न आवश्यक छ ।

















