राजन कुमार बानिया

पोखरिया,पर्साको पकाहामैनपुर गाउँपालिकाले आर्थिक वर्ष ०७८÷७९ को लागि ४० करोड ९२ लाख १६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहिबार भएको गाउँकार्यपालिकाको सातौं गाउँ सभामा नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिकाले चालुतर्फ २० करोड २ लाख र पुँजीगत तर्फ २० करोड ९० लाख १६ हजार बजेट विनियोजन गरेको छ । गाउँपालिकाले पहिलो प्राथमिकतामा शिक्षा, स्वास्थ्य र कृषिलाई राखेर बजेट विनियोजन गरेको छ । गाउँपालिकामा प्राविधिक शिक्षातर्फको सिभिल ईन्जिनियरिंङ्ग कक्षा संचालन गरि प्राविधिक जनशक्ति उत्पादन गरिने गापा अध्यक्ष बिजय चौरसियाले बताउनुभयो ।

शिक्षामा भौतिक पूर्वाधार निर्माण, कक्षा वृद्धि, उच्च शिक्षा अध्यापन गराउने बजेट विनियोजन गरिएको अध्यक्ष चौरसियाले जनाउनुभयो । स्वास्थ्यतर्फ निःशुल्क औषधी, कोरोना प्याकेज, वडाहरुमा एम्बुलेन्सको व्यवस्थापन, निःशुल्क एक्सरे, ल्याब प्रयोगशाला पनि संचालनमा ल्याउने जनाइएको छ ।

बजेटमा सिँचायीको लागि विद्युत पोल जडान गर्ने, सौर्य उर्जा कृषि सिँचायीका लागि व्यवस्थापन गरिने र साथै भौतिक निर्माणलगायत महिला उत्थान सशक्तीकरणमा महिलाहरुलाई प्राथमिकतामा राखिएको अध्यक्ष चौरसियाले जानकारी दिनुभयो । गाउँसभामा गापा उपाध्यक्ष कुशमी देबी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, नेपाल पत्रकार महासंघ पर्सा शाखा सभापति अनुप तिवारी, वडा अध्यक्षहरु अमिका सहनी, मदन साह, बृजमोहन तिवारी, ढेरीप्रसाद यादव, लेखमन पटेल, कार्यपालिका सदस्यहरु, गाउँपालिका सदस्य, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियोे । गाउँ सभामा सेवा निवृत्त हुनुभएका निमित्त प्रमुख प्रसाशकीय अधिकृत महेशप्रसाद सिंहको बिदाईसमेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here