जीतपुर,जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घले वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।सङ्घका अध्यक्ष मोहन शर्मा लामिछानेले सूचना जारी गर्दै वार्षिक आगामी असार १ गते साधारण सभा र नयाँ कार्यसमितिको लागि निर्वाचन कार्यक्रम भने असार ७ गतेका लागि तय गरिएको जानकारी दिनुभएको छ ।

साधारण सभामा सहभागी हुने उद्योगी तथा व्यवसायीहरूलाई समयमै सदस्यता दर्ता तथा नवीकरण गर्न पनि सूचनामा आग्रह गरिएको छ । सङ्घले सार्वजनिक गरेको कार्यतालिका अनुसार उद्योग व्यवसाय नवीकरणको आगामी जेष्ठ १५ गतेसम्मको लागि समय तोकिएको छ ।त्यसैगरी, निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम असार ११ गते सम्पन्न गरिने सङ्घले जनाएको छ ।अध्यक्ष लामिछानेले सरोकारवाला सबै निकाय तथा उद्योगी व्यवसायीहरूलाई उद्योग वाणिज्य सङ्घको कार्यालयमा दर्ता तथा नवीकरण गरी उद्योग व्यवसाय सञ्चालन गर्न अनुरोध गर्नुभएको छ ।

Leave a Reply