कृपा संवाददाता
कलैया , २ पुस । करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीको निर्वाचन कार्यालय बारामा सरूवा भएको छ । केशरी प्रमुख प्रशासकीय अधिकृतको रूपमा करैयामाई गाउँपालिकामा कार्यरत रहि कामकाज सम्हालेका थिए । करिब ८ महिना जति केशरी करैयामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर बस्दा गाउँपालिका भित्र रहेका कमि कमजोरीलाई सुधार गर्न सफल भएका थिए ।
उनकै कार्यकालमा गाउँपालिकाको सुविधा सम्पन्न कार्यालय भवन निर्माण भएका छन् । भने उनको विशेष पहलमा गाउँपालिकालाई नै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न सफल भयो । केशरी सानो समयमा गाउँपालिकाको विकासको निमित्त ठूलाठूला कार्य गरेको स्थानीय गाउँपालिकाबासीहरू भनाई रहेको थियो ।
केशरी जिल्ला निर्वाचन कार्यालयमा सरूवा भएकाले गाउँपालिकाले एक कार्यक्रमबिच सम्मान तथा बिदाई गरेका छन् । बुधबार गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामी , उपाध्यक्ष चित्रलेखा कुमारी चौधरी लगायत वडा अध्यक्षहरूले बिदाई तथा सम्मान कार्यक्रमको आयोजना गरि प्रमुख प्रशासकीय अधिकृत केशरीलाई बिदाई गरेका हुन् ।
त्यसैगरी सो कार्यक्रममा करैयामाई गाउँपालिकाका विरेन्द्र महतो लगायतका कर्मचारीहरूले पनि फुलमाला लगाएर बिदाई गरेका छन् । केशरी करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भन्दा पहिला बाराकै सिम्रौनगढ नगरपालिका , प्रसौनी गाउँपालिका लगायतका स्थानीय तहमा कामकाज गरेका छन् ।