वीरगञ्ज,पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा भुलनप्रसाद सोनार पुनः निर्वाचित हुनुभएको छ ।उहाँ निकटतम प्रतिद्वन्दी प्रवेशकुमार प्रसाद सोनारलाई १३ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो । भुलनले १६२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी प्रवेशले १५९ मत ल्याउनुभएको छ ।संघको अध्यक्षमा भुलनको यो दोश्रो कार्यकाल हो । यसैगरी उपाध्यक्षमा कौशलकिशोर सर्राफ र जयप्रकाश सर्राफ विजयी भएका छन् । कौशलले १५३ मत र जयप्रकाशले १४४ मत ल्याई विजयी भएका हुन् ।यस्तै महासचिवमा १७७ मत प्राप्त गरी अनिलकुमार सरार्फ विजयी हुनुभएको छ । सचिवमा विकासकुमार सर्राफ १४६ मत, कोषाध्यक्षमा विजयकुमार सर्राफले १५१ मत ल्याएर विजयी हासिल गरेका छन् ।
संघको पदाधिकारी सहित नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ३५० जना मतदाता मध्ये ३ सय २३ जनाले मतदान गरेका थिए ।

















