आर के चौधरी
सखुवाप्रसौनी,नेपाल नेत्र ज्योति संघ पर्साद्वारा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ स्थित श्री दिपनरायण आदर्श नमुना माध्यमिक विद्यालय, औराहा पञ्चगावामा विद्यालय स्तरीय निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघ पर्सा शाखाका सभापति भागवत चौधरी, वरिष्ठ उपाध्यक्ष श्याम पौडेल, वरिष्ठ नेत्र सहायक शिवशंकर प्रसाद, वरिष्ठ नेत्र सहायक कौसलकुमार कर्ण तथा नेत्र सहायक अन्जली चौधरी को सहभागिता रहेको थियो ।त्यसैगरी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवनाथ चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाया राउत थारु, सदस्य रामकिशोर चौधरी थारु लगायतको पनि उपस्थिति रहेको थियो ।कार्यक्रमअन्तर्गत श्री दिपनरायण आदर्श नमुना माध्यमिक विद्यालय तथा श्री नेपाल राष्ट्रिय मोहन आदर्श नि.मा.वि.का विद्यार्थीहरुको निःशुल्क आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा आवश्यक परेका बालबालिकालाई औषधि समेत वितरण गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply