कलैया,राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा अनुसार बारा जिल्लाबाट यो वर्ष परीक्षामा सहभागीमध्ये ४६ प्रतिशतले मात्र ग्रेड प्राप्त गरेका छन् ।शिक्षा विकास तथा समन्वय इकाइ बाराले आज सार्वजनिक गरेको जिल्लाको नतिजालाई साधारण र प्राविधिक गरी दुई धारमा विभाजन गरिएको छ । साधारणतर्फ ३ हजार ८ सय ९९ जना विद्यार्थी अर्थात् ४६.५४ प्रतिशतले मात्र ग्रेड हासिल गर्न सफल भएका छन । साधारण धारतर्फ ५ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन् । साधारणतर्फ ४ हजार ४ सय ७८ जना विद्यार्थीको नतिजा नन–ग्रेडेड आएको छ ।

यो समूहमा जिल्लाबाट कुल ८ हजार ३ सय ७७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।त्यसैगरी, प्राविधिक धारतर्फ सहभागी भएका ३ सय ७६ विद्यार्थीमध्ये १ सय ८९ जना (५०.२६ प्रतिशत) उत्तीर्ण भएका छन् । प्राविधिकतर्फ १ सय ८७ जना विद्यार्थीको नतिजा नन–ग्रेडेड भएका छन ।
जिल्लाको समग्र ग्रेड विभाजनमा ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ३०६ रहेको छ । यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या १ हजार ५४ रहेको छ भने २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या १ हजार ५ सय ३५ रहेको छ ।
गौरीशंकरकी प्रश्ना निजगढमा उत्कृष्ट छात्रा
निजगढ,माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा बाराको निजगढ– ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयकी छात्रा प्रश्ना लामा ३.९१ जिपिएसहित निजगढ नगरमा उत्कृष्ट स्थान हासिल गर्नुभएको छ ।निजगढ ७ निवासी रमेश लामाकी छोरी प्रश्नाले सोमबार सार्वजनिक भएको एसईईमा ३.९१ जीपीए सहित निजगढ नगरमै सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्रा हुनुभएको हो ।यस वर्ष विद्यालयबाट परिक्षामा सहभागी बनेका १७६ विद्यार्थी मध्ये ७१ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

विद्यालयका प्रधानाध्यापक बन्द्रिनारायण झाका अनुसार विद्यालयबाट सहभागी विद्यार्थीमध्ये १३ जनाले ३.६ देखि ४ जीपीए (एभरेज) प्राप्त गरेका छन् । त्यस्तै २० जनाले ३.२ देखि ३.६, ३० जनाले २.८ देखि ३.२ तथा ८ जनाले २.४ देखि २.८ जीपीए हासिल गरेका छन् ।त्यसैगरी सोही विद्यालयका जेसन रखालले ३.८६ तथा सम्पन्न तिमल्सिनाले ३.८५ जीपीए प्राप्त गरेका छन् । त्यसैगरी निजगढ ५ स्थित सार्वजनिक माविका ७३ मध्ये २५ जना ग्रेडेड भएका छन ।त्यस्तै निजगढ ६ को गौरीशंकर मावि सडकटोलबाट ७९ मध्ये २० जना मात्रै ग्रेडेड भएका छन ।त्यसैगरी निजगढ ७ को नेत्रोदय माविबाट २० मा १३, निजगढ १ को नेरामावि सिंगौलबाट ३२ मध्ये ८, निजगढ १० को नेरामावि लालका २६ मध्ये ८ र नेरामावि रतपुरबाट परीक्षामा सहभागी ६३ मध्ये ८ जनाले ग्रेड प्राप्त गरेका छन ।

Leave a Reply