दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिका वडा नम्बर ५ चेरवन्त पधराको नवनिर्मित आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्रको भवन हस्तान्तरण तथा उद्घाटन समारोह सम्पन्न भएको छ ।स्वास्थ्य शाखा खोपवाको आयोजनमा नवनिर्मित आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन तथा हस्तान्तरण भएको हो ।

वडा अध्यक्ष मैनेजर चौधरीको अध्यक्षता र बारागढी गाँउपालिकाको अध्यक्ष अशोककुमार जयसवालको प्रमुख अतिथ्यतामा भएको सो उद्घाटन समारोहमा गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केशरी, गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी राय, गाँउपालिकाका पूर्वअध्यक्ष देवदत्त बछाड थारु, जिल्ला समन्वय समिति बाराका प्रमुख आमोद चौधरीको उपस्थिति रहेको थियो ।
साथै कार्यक्रममा गाँउ कार्यपालिका सदस्यहरु रेणु देबी जयसवाल, सगिताकुमारी चौधरी वडा नम्बर १ देखि ६ सम्म का वडा अध्यक्ष तथा वडा सदस्यहरु बिनोद सहनी, युगवती राम, समाजसेवी दयाशंकर राय, स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश चौधरी पालिकाभित्र रहेका स्वास्थ्य चौकी प्रमुखहरु, कर्मचारीहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीय समाजसेवीहरुलगायतको सहभागीता थियो । कार्यक्रमको सञ्चालन मुकेश जयसवालले गर्नुभएको थियो ।



















