दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बारा जिल्लाको करैयामाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियाको लागि सरोकारवालाहरुसँग राय सुझाव माग गरेको छ ।गाउँपालिका कार्यालयले आज एक सूचना जारी गर्दै पालिकाभित्र बसोबास गर्ने नगरवासी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था तथा नीति तथा कार्यक्रमसँग प्रत्यक्ष÷अप्रत्यक्ष सरोकार राख्ने सबै पक्षलाई सुझाव पेस गर्न आग्रह गरेको हो ।

सूचनाअनुसार आगामी आर्थिक वर्षका लागि आवश्यक नीति, योजना तथा कार्यक्रम समावेश गर्न सम्बन्धित विषय र क्षेत्रका सुझाव जेठ १५ गतेभित्र उपलब्ध गराउन अनुरोध गरिएको छ । सुझाव सल्लाह गाउँपालिकाको इमेल वा पत्रमार्फत पठाउन सकिने जनाइएको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवद्वारा जारी गरिएको सूचनामा सहभागितामूलक योजना निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको पनि उल्लेख गरिएको पनि छ ।

Leave a Reply