कलैया,बारा प्रहरीले लाखौँ मुल्य पर्ने ५१ थान भन्सार छलीका मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरी रहेका छन् ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चौधरीको घर खानतलासी गर्दा विभिन्न कम्पनीका ५१ थान मोबाईल सेटहरू, ४८ थान चार्जर, ब्याट्री ९ थान र मोबाईल कभर १४ थान गरी १५ लाख रुपैया मूल्य बराबर सामानहरु बरामद गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।बरामद समानसहित चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


















