दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाउँपालिका वडा नं. ७ स्थित श्री जनता माध्यमिक विद्यालय उमजनमा ३ दिने गाउँपालिका स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता सम्बन्धी सचेतनामूलक तालिम सम्पन्न भएको छ ।
करैयामाई गाउँपालिकाको सहयोग तथा श्री मानव विकास तथा सशक्तिकरण (हुडेक) कलैयाको आयोजनामा सञ्चालन गरिएको उक्त तालिम स्वच्छ खानेपानी तथा पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो ।वडा नं. १ का वडा अध्यक्ष सोनालाल साहको अध्यक्षतामा सम्पन्न तालिममा सहभागी स्थानीयवासीलाई उमेशप्रसाद चौधरी र शम्भु साहले प्रशिक्षण दिएका थिए ।
तालिममा वडा नं. ७ का वडा अध्यक्ष बृज चौधरी, जनता माध्यमिक विद्यालय उमजनका प्रधानाध्यापक रामनाथ चौधरी, सहायक प्रधानाध्यापक दिनदयाल चौधरी, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।आयोजकका अनुसार तालिममा महिला तथा पुरुष गरी ५० जनाको सहभागिता रहेको थियो ।















