निजगढ,बारा प्रहरीले आज एकैदिन जिल्लाका विभिन्न स्थानबाट १२ जना फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेक अनादर मुद्दाका ११ र सवारी ज्यान मुद्दाका १ जना गरी १२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कलैयाले दिएको जानकारीअनुसार प्रहरीले चेक अनादर मुद्दाका फरार प्रतिवादी कलैया १४ का ३२ वर्षिय सनीप्रसाद जैसवाल, जीतपुरसिमरा ५ की रेणु गिरी, सोही पालिका वडा नम्बर १० का रामबाबु धानुक, महागढीमाई नगरपालिका १ का वर्ष ५० का धिरेन्द्रकुमार चौधरी, सोही पालिका का वर्ष ५३ का सुदामा साह कानु, वर्ष ५५ का मोतिलालप्रसाद यादव रहेका छन ।
त्यसैगरी प्रहरीले सोही मुद्दामा निजगढ नगरपालिका ७ का वर्ष ५१ का जित सिंह लामा, निजगढ ६ का वर्ष ४२ का संकलन आचार्य, प्रर्सौनी गाउँपालिका ७ का लक्ष्मीनारायण महतो, सोही पालिका २ बस्ने वर्ष ६० का ब्रजेश पाण्डे, फेटा गाउँपालिका ५ का वर्ष ४० का बिरन्द्र साह कानुलाई पक्राउ गरेको हो । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी जीतपुरसिमरा ४ का बिपिन पाख्रिनलाई पनि पक्राउ गरेको जनाएको छ ।पक्राउ परेका सबैलाई बारा जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले सोमवार पनि चेक अनादर मुद्दाका २ जनासहित ४ जना फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको थियो ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालतबाट दण्ड सजाय तोकिएका र वारवातपछि फरार रहदैआएका जिल्लाको बारागढी गाउँपालिका ४ का वर्ष ४० का लक्ष्मण साह कानु, जीतपुरसिमरा २२ का ३५ वर्षिय सुरेश घलान, महागढीमाई नगरपालिका ८ का वर्ष रामकिशोरप्रसाद यादव र जीतपुरसिमरा १ का गंगाबहादुर मोक्तानलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्ला अदालत कलैयामा बुझाएको जनाएको छ ।अदालतले कानु र यादवलाई चेक अनादर, घलान लागूऔषध र मोक्तानलाई वन मुद्दामा जरिवाना र कैद फैसला गरेको थियो ।

















