अफगानिस्तान एसिया प्रान्तले नै महत्वपूर्ण देश हो । खासमा गाँजाबाट राम्रो कमाइ गर्ने अफगानिस्तानका नागरिकहरुको दैनिक अहिले यति कष्टकर छ कि आजको २१ औं शताब्दीमा पनि उनीहरु १६ औं शताब्दीको जसरी बस्न बाध्य छन् । यसो हुनुको कारण भने पश्चिमा ठूला र विकसित भनिएका देशहरुको हर्कतका कारण नै हो । त्यो पनि अमेरिकाका कारण अफगानिस्तानका नागरिकहरुले समस्या झेल्न परेको हो ।

त्यसैले पनि अफगानिस्तान हुनबाट नेपालीहरुलाई जोगाउनु पर्छ भन्ने कुरा मुल हो । देश कसैको पनि पेवा होइन तर देशा शासकहरुले कुनै समय गलत निर्णय लिए भने त्यसले दीर्धकालिन रुपमा असर गर्ने छ । जस्तै कुनै बेला निकै ठूलो रहेको नेपाल राणाकालिन समयका शासकहरुको चरम बद्मासीका कारण नेपाली भूभाग धेरै गुमे र त्यसको असर अहिलेसम्म पनि झेल्न परिरहेको छ ।

अहिलेका शासकहरु पनि सचेत हुन जरुरी छ । आफ्नो स्वार्थका लागि भन्दा पनि मुलुकको हितका लागि उनीहरुले सोच्न आवश्यक छ । अमेरिकाको सवालमा पछिल्ला दिनमा विभिन्न टिका टिप्पणीहरु भएका छन् । एमसिसी लगायतका विषयमा जनताले बिरोध गर्दा गर्दै फेरि अर्को संझौताको कुरा भएको छ । त्यसो नहोस् यदि त्यस्तो भए एक दिन नेपाल जस्तो सुन्दर देश पनि अफगानिस्तान बन्नेछ र जनताको हालत पनि त्यही हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here