निजगढ,अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निजगढ नगरपालिकाले आगामी फागुन २४ गते निजगढ नगरस्तरीय खुल्ला कविता वाचन प्रतियोगिता आयोजना गर्ने भएको छ ।११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिकाले फागुन २४ गते ‘आजका नारी’ शीर्षकमा नगरस्तरीय कविता वाचन प्रतियोगिता आयोजना गर्न लागेको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाले सार्वजनिक सूचनामार्फत जानकारी दिनुभएको हो ।प्रमुख प्रशासकीय अधिकृत निरौलाले हस्तक्षर गरेको सूचनामा प्रतियोगितामा प्रथम हुनेलाईं ५०००, द्वितीयलाई ३००० हजार र तृतीय हुनेलाई २००० हजार नगद पुरस्कारसमेत प्रदान गरिने पनि जनाइएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले फागुन २२ गतेसम्ममा कार्यालय समयभित्र आफै उपस्थित भएर वा अनलाइनमार्फत पनि कविता दर्ता गराउन सक्ने सूचनमा उल्लेख छ ।त्यसैगरी सूचनामा नेपाली भाषामा आफैले रचना गरेको कवितामात्र प्रतियोगितामा समावेश गरिने र सहभागीले आफ्नो सूची दर्ता गराउँदा पूरा नाम, थर, ठेगाना, फोन नम्बरसहितको विवरण उल्लेख गरेर पठाउनुपर्ने पनि जनाइएको छ ।

















