सामाजिक क्षेत्रमा लागेर काम गर्ने हरेक व्यक्तिलाई प्राय जसो सबैले चिनिह्ने गरिन्छ । तर एक यस्तो सामाजसेवी रहेका छन् । जो सामाजमा लुकेर सामाज सेवा गर्दै आएका छन् । उ हो कोल्हवी नगरपालिका वडा नम्बर १० बेलवा निवासी कमल बावू चौधरी । ३० वर्षिय चौधरी ७ वर्ष देखि सामाजिक क्षेत्रमा लागि समाज सेवा गर्दै आएका छन् । चौधरीले आफ्नो गाउँमा एक उदाहरणीय कार्य गरेकाले अहिले बेलवामा चर्काको विषय बनेका छन् । अहिले स्थानीयबासीहरुको मुखमा कमल बावू वाहेक अरु कोहि कसैको नाम लिईरहेका छैनन् ।

 

गाँउका सबैको मुखमा चौधरीको नाम गुन्जीनुको कारण एउटै हो , चौधरीले चाडपर्व दिपावलीको बेला मुसहर बस्तीको घर घरमा बति थिएनन् । कोल्हवी नगरपालिकाको वडा नम्बर १० का वडा कार्यालयले विधुत चोरी नियन्त्रण गर्नको लागि विधुत चोरी गर्नेलाई पाँच हजार जरिवाना गर्ने निर्णय गरेकाले मुसहर वस्ती नै अन्धकारमा थियो ।

 

मुसहर बस्तीमा बसोबास गरेका स्थानीयहरुको अवस्था दैनिय रहेका छन् । उनीहरुसँग न त जग्गाको लालपूर्जा नै छ । न त मिटर जडान गर्ने क्षमता नै छैनन् । मुसहर बस्तीको समस्याले सामाजसेवी चौधरीको मन रोएको थियो । समाजसेवी चौधरीले आफ्नै जग्गाको लालपूर्जा राखि आफ्नै नाममा २ वटा मिटर जडान गराई ४० वटा गरिब, मुसहर, चमारलाई सो मिटर दिई घरघरमा विधुत पु¥याएको छन् ।

 

त्यो पनि सोमिटर, तार , बल्ब , स्वीच , होल्डर लगायतको सामाग्री समेत चौधरीले नै वितरण ग¥यो । अहिले समाजसेवी चौधरीको पहलमा मुसहर बस्तीको हरेक घरघरमा मिटर जडान भएकाले गाँउ नै उज्यालो भएका एक स्थानीय नगिना दासले सुनाए । कोल्हवी नगरपालिकाको वडा नम्बर १० बेलवा टोलको मुसहर बस्तीमा स्थानीय यूवा कमल बावु चौधरीले २ वटा मेन मिटर जडान गरी गाँउमा रहेको गरीब तथा दलित ४० घर धुरीमा मिटर जडान गरेको अर्का स्थानीय फगुनी माझीले जानकारी दिईन् ।

 

बिस वर्ष लामो समय पछि स्थानीय जनप्रतिनिधी आएपनि हाम्रो समस्याले देख्न सकेनन् । तर स्थानीय एक यूवा कमल बावू चौधरीले हाम्रो समस्यालाई बुझनु भो र सामाधान गर्न भो एक स्थानीय रबिन्द्र विश्वकर्माले सुनाए । स्थानीय तहको निर्वाचन भएपछि जनताको लागि निर्वाचित जनप्रतिनिधी खासै केहि गर्न सकेका छैनन् । गरेका छन् भने मात्रै शासन र कार्वाही स्थानीय धिरेन्द्र चौधरीको भनाई थियो । जनप्रतिनिधीहरुले आफ्ना क्षेत्रको जनताको हरेक कुरामा साथ दिनुपर्ने हो तर त्यसो नभएको अर्का स्थानीय विरेन्द्र चौधरीले सुनाए ।

 

स्थानीय निर्वाचित जनप्रतिनिधीले पार्टीगत कार्याकार्ता हेर्ने मात्र गरेका छन् । सहयोग र विकास भने नगर्ने गरैकै कारणले अहिले सम्म सो सडक पक्की हुन सकेका छैनन् स्थानीय महेन्द्र रामलेको भनाई रहेको थियो । साथीभाईहरुले समाजसेवा गरेको देखेर पनि आफूले समाज सेवा गर्न तर्फ लागिएको सामाजसेवी कमल बावू चौधीले सुनाए ।

 

आफूले गाँउमा मात्र नभएर विरगंजमा बसेर पनि निकै ठाँउमा सामाजिक कार्य गरेको जानकारी दिए । बिरगंज स्थित रहेको मानव सेवा आश्रममा पनि विभिन्न समयमा खाना खुवाउने देखि लिएर सामाग्री वितरण जस्ता कार्य गर्दै आएको अनुभव रहेको बताए  ।विभिन्न समयमा आफूले निशूल्क रुपमा खाना खुवाउने गरेको छौ । बाराको फेटामा ट्रोनाडो आएको बेला पनि नारायणी उप क्षेत्रिय अस्पताल , नेशनल मेडिकल तथा भरवलियामा ६ दिन नि शूल्क रुपमा खाना खुवाएका बारे जानकारी दिए ।

 

बेलवाको मुसहर बस्ती गाँउ बसेकै बेला देखि बस्ती रहेको मान बहादुर चौधरीले जानकारी दिए । कमल बावू चौधरी बिरगंजको बाईपास सडकमा रहेको होटेल हिमालको संचालक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here