नरेश गुप्ता,
बरियारपुर,जिल्ला प्रशासन कार्यालय बारामा कोरोना भाइरसबाट बच्ने सुरक्षा सतर्कता उल्लङ्घन गर्दै सेवाग्राहीहरुको भिडभाड लाग्ने गरेको छ ।
जिल्लामा निषेधाज्ञा खुकुलो भएपछि नेपाली नागरिकताको प्रमाण पत्र लिन जिल्ला प्रशासन कार्यलयमा दैनिक सयौं सर्वसाधारण सेवाग्राहीको भिड लाग्दै आएको छ । अधिकांश सेवाग्राहीहरु मास्कको प्रयोग बिना नै कार्यालयमा आउने गरेको पाइएको छ । र उनीहरुले कोरोना महामारीबाट बच्न सुरक्षा सर्तकर्ताको कुनै विधि अपनाएका छैनन ।
जिल्ला प्रशासन कार्यलय बाराले जिल्लाका सरकारी तथा गैरसरकारी कार्यलयहरुमा सेवाग्राहीको लागि सेनिटजाईजर, मास्कको प्रयोग र भौतिक दुरी कायम गरि सेवा लिन निर्देशन जारी गरेको भएपनि जिल्लाको प्रमुख सरकारी अड्डामा नै त्यसको पालना नभएको युवा संघ कलैया नगर कमिटीका अध्यक्ष हरिओम साहले बताउनुभयो । कोरोना महामारीको तेस्रो भेरियेन्ट देखा परेको, नयाँ संक्रमित थपिने क्रम बढेको र विभिन्न जिल्लामा अहिले पनि निषेधाज्ञा जारी राखिएको अवस्थामा जिल्ला प्रशासन कार्यालय बारामा देखिएको लापर्वाहीले बारामा संक्रमणको जोखिम बढको उहाँले बताउनुभयो ।
त्यसैगरी जिल्ला मालपोत कार्यलय, नापी शाखालगायत अन्य सरकारी कार्यालय र सार्वजनिक स्थानहरुमा पनि सुरक्षा सतर्कता पालना भएको छैन । जिल्ला प्रशासन कार्यलयले आयोजना गर्ने डिएमसिसी बैठकले मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा हिडडुल गर्ने र बस्नेलाई संक्रामक रोग नियत्रण ऐन अन्तर्गत कारबाही गर्ने निर्णय गरेको भएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । जिल्ला प्रशासन कार्यलयमा सेवाग्राहीको दैनिक रुपमा बढदै गएको भिडलाई व्यवस्थापन गर्ने बारेमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सुरक्षा सर्तकर्ता कामय गर्नुपर्ने बताउनुभयो । उहाँले भौतिक दुरी कायम गर्ने र अन्य सुरक्षा मादण्ड पूरा गरिनु पर्ने बताउनुभयो । जिप्रकामा यसरी सुरक्षा सतर्कता बिना हुने गरेको भिडभाडलाई नियन्त्रण गर्न नसके संक्रमणको अवस्था भयाभवहक हुन सक्ने चिकित्सकहरुको भनाइ छ ।