निजगढ,सम्पत्ति शुद्धीकरण कसुरमा निजगढ १२ बुङ्गजोरका तपस्वी भनिएका रामबहादुर बम्जनले सफाइ पाउनुभएको छ ।जिल्ला अदालत सर्लाहीले बम्जनलाई सफाइ दिएको हो । गत ८ वैशाखमा सर्लाही जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले उहाँलाई सफाइ दिएको हो । बम्जनमाथि लगाइएको अभियोग नपुग्ने भन्दै अदालतले उहाँलाई सफाइ दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ ठूलो मात्रामा रकम बरामद भएको थियो । त्यसपछि उहाँमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरेर मुद्दा चलाइएको थियो ।यसका साथै बम्जनमाथि बाल यौन दूराचार तथा मान्छे बेपत्ता पारेको कसुरमा पनि मुद्दा चलाइएको थियो । उच्च अदालत जनकपुरले बाल यौन दूराचारको आरोपमा भने बम्जनलाई ६ चैत २०८१ मा सफाइ दिएको थियो । उच्च अदालत जनकपुरले सफाइ दिएको थियो । त्यसपछि उहाँ कारागारबाट छुटनुभएको थियो ।
यसअघि जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । यसविरुद्ध उहाँ उच्च अदालत पुग्नुभएको थियो ।
सिन्धुपाल्चोककै आश्रमबाट अर्का एक अनुयायी पनि बेपत्ता पारेको आरोप बम्जनमाथि छ । तर उक्त मुद्दा भने अदालतमा दर्ता भइसकेको छैन ।

अदालतमा मुद्दा हुँदा पनि बम्जन लामो समयसम्म प्रहरी नियन्त्रणभन्दा बाहिर रहनुभएको थियो । २४ पुस २०८० मा सीआईबीले बूढानीलकण्ठबाट बम्जनलाई पक्राउ गरेको थियो ।

Leave a Reply