तराई मधेसमा सामान्यतया चैत लागेपछि गर्मी हुन्छ । पंखाको साहारा चाहिन्छ नै । चैतबाट कम्तीमा पनि असोजसम्म त पंखाबिना यहाँका नागरिकहरुको दैनिकी सहज हुदैन ।तराईका बासिन्दालाई प्रचण्ड गर्मीबाट राहत दिने कुरा भनेको पंखा नै हो । हुनेले त घरमा एसी,कुलर पनि राख्लान् नै तर पंखा सबैले राख्छन् नै र यो आवश्कयता नै हो यहाँको । पंखा चल्नका लागि फेरि चाहिने भनेको बिधुत नै हो । बिधुत नै अवरुद्ध भएपछि यहाँका नागरिकहरुको दैनिकी पनि अवरुद्ध हुन्छ नै ।
विगतमा यहाँका नागरिकहरुले यो समस्या निकै झेलेका थिए । दशक अगाडि कुलमानको बिधुत प्राधिकरणमा आवागमन भएपछि यो समस्याबाट लगभग यहाँका नागरिकहरु मुक्त थिए ।पछिल्लो समय फेरि कुलमानको वर्हिगमनसंगै यो समस्या कुनै न कुनै हिसावले यहाँका नागरिहरुले झेल्न परेको छ । लामो समयसम्मको बिधुत कटौती नभएपनि बेला बेलामा हुने अनियमित बिधुत कटौतीका कारण नागरिकहरुले समस्या झेल्न चैं परिरहेको छ । त्यसो हुँदा पनि वर्तमान नेतृत्वप्रतिको वितृष्ण र कुलमानप्रतिको सम्मान जागेको हो ।
अब वर्तमान नेतृत्वले पनि बिधुत कटौतीको सवालमा कम गर्न खोजेको र प्राधिकरणलाई नै जवाफदेही बनाउन खाजेको हो भने त्यसलाई सकारात्मक रुपमा लिनु पर्दछ ।अहिले बिधुतले आम उपभोक्ताहरुको भावनालाई ध्यानमा राखेर नै कल सेन्टरको स्थापना गरेको पनि देखिन्छ । यो राम्रो पक्ष पनि हो । यसको सदुपयोग गरौं । संधै गाली गरेर समस्या समाधान पनि हुदैन । त्यसैले बरु जवाफदेही चैं बनाउँ र प्राप्त सुविधाको सदुपयोग पनि गरौं ।















