नरेश गुप्ता

बरियारपुर,नेकपा एमालेका नेता पुरुषोत्तम पौडेल, अच्युत मैनाली र ज्वाला साह नेकपा एमालेको पोलिटव्युरो सदस्यमा मनोनित हुनु भएको छ । नेकपा एमालेको आइतबार बसेको बैठकले १९ जना पदाधिकारी र बारा जिल्लाका ३ सहित ९० जना पोलिटव्युरो सदस्य मनोनित गरेको हो ।

हालै सम्पन्न एमाले महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पौडेल युवा तथा खेलकुद पूर्वमन्त्री हुुनुुहुन्छ, मैनाली तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकार र साह पनि पूर्वमन्त्री हुनुुहुन्छ ।

नेकपा एमालेको पोलिटव्युरो सदस्यमा केपी शर्मा ओली, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, विष्णु प्रसाद रिमाल, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, प्रभु साह, डा राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङफे, हिक्मत कार्की, गोकुल बाँस्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, पर्शु मेघी गुरुङलगायतका छन ।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाकी उपमेयर सरस्वति चौधरीलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरिएको छ । केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले चौधरीसहित ४४ बढी केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गर्नु भएको हो । यस्तै झापाका मेडिकल संचालक दुर्गा प्रसाई, दल फडेरा, मानवीर राई, ऐन महर, चउमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी, लालबाबु पण्डित, चुडादेव सिंह लामा, विषमलाल अधिकारी, रेशम लामा, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विश्वकर्मा केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । यसैगरी इन्दिरा गौतम, युमना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मणी राणा, सविता थादव, तारादेवी गुरुङ पनि मनोनीत भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here