कलैया,बाराको मानमत–मटिअर्वा–कलैया सडकखण्डअन्तर्गत मटिअर्वामा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहरा डोजर लगाएर हटाइएको छ ।सडक क्षेत्रको दायाँ, बायाँ १५÷१५ मिटरभित्र पर्ने घर, टहरा तथा पसलहरू हटाउने अभियान अन्तर्गत आज बिहानदेखि डोजर प्रयोग गरेर भत्काउन थालिएको हो । गण्डक नहरको मटिअर्वा चोकदेखि एनसेल टावरसम्म करिब ५५ वटा घर, पसल र टहराहरू भत्काइएको छ ।

वडा कार्यालयले यसअघि नै पटक–पटक सूचना जारी गरेर सडक क्षेत्रभित्रका संरचना हटाउन आग्रह गरे पनि अटेर गरेपछि बाध्य भएर डोजर चलाइएको कलैया उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष महम्मद मिया ठकुराईले बताउनुभयो । उहाँका अनुसार आइतबार बिहानदेखि एनसेल टावरदेखि छोटी भन्सार कार्यालय मटिअर्वासम्म बाँकी क्षेत्रका संरचनाहरू पनि हटाइने छ ।

Leave a Reply