नरेश गुप्ता

बरियारपुर,भारतबाट अबैध रुपमा नेपाल ल्याइएको माछासहित बारा प्रहरीले एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यलय बाराबाट खटेको प्रहरीको गस्ती टोलीले फेटा गाउँपालिका वडा नम्बर १ बाट भन्सार छलीको माछा बोकेर नेपाल प्रवेश गरेको बा ४ च ६०९१ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

प्रहरीले ७ लाख मूल्य बराबरको पिकअप भ्यान र त्यसमा लोड गरिएको करिब ३७ हजार ५ सय मूल्य बराबरको ५ क्विन्टल माछा नियन्त्रणमा लिएको बताएको छ । नियन्त्रणमा माछासहितको पिकअप भ्यान आवश्यक कारबाहीकोलागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply