कलैया, नेपाल प्रेस युनियन बाराको अध्यक्षमा श्यामबाबु यादव पुनः सर्वसम्मत चयन हुनु भएको छ । कलैयामा शुत्रवार राती सम्पन्न सातौ जिल्ला अधिवेशनले यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।यादव दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो । युनियनको जिल्ला उपाध्यक्षमा बसन्त खतिवडा र अनिल साह, सचिवमा राजेश कुश्वाहा, सहसचिवमा बिनिता चौधरी र कोषाध्यक्षमा अरुण साह निर्वाचित हुनु भएको प्रमुख निर्वाचन अधिकृत एकरामुल हकले जानकारी गराउनुभयो ।त्यसैगरी सदस्यहरुमा रवीन्द्र साह, राहुल गुप्ता, पवन सिंह, चन्दनकुमार चन्दन, प्रभु यादव, अञ्जली गुप्ता, विनयराज शर्मा, नुरआलम बादशाह र सन्दिप यादव निर्वाचित हुनु भएको हो ।

Leave a Reply