राजकुमार यादव
मौलापुर,महालेखाको अन्तिम लेखा परीक्षण प्रतिवेदन २०७९-२०८० अनुसार रौतहटको मौलापुर नगरपालिकामा ६० करोड ३५ लाख ४५ हजार रुपैया बेरुजु देखिएको छ ।

मौलापुर नगपालिकामा यति ठूलो अंकमा बेरुजु देखिनुमा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत जिम्मेवार भएको बताइएको छ । जिम्मेवार अधिकृतहरुले बेरुजु घटाउन प्राथमिकता दिननसक्दा यस्तो अवस्था आएको बताइएको छ ।
त्यसैगरी कार्यालयले महालेखा परीक्षकले तोकेको ढाँचामा लेखा नराख्नु, जनताप्रतिको गैरजिम्मेवारीपन र मूल्य मान्यताको बेवास्ता तथा आर्थिक व्यवस्थापन गर्ने निकायले गरेको मनोमानी खर्च जस्ता कारणले बेरुजु बढेको नगरपालिका कार्यालयका कर्मचारीहरुको भनाई छ ।मौलापुर नगपालिकामा विगत ४ वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा रामबाबु प्रसाद साह र लेखा प्रमुख जयप्रकाश महतो कार्यरत छन् ।

कार्यालयमा अन्तरसरकारी अख्तियारी, आन्तरिक आय तथा विविध कोषलगायतको वित्तीय विवरण महालेखा परीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रूपमा प्रयोग गरेर तयार नगरेका कारण बेरुजु धेरै देखिएको पनि बताइएको छ ।त्यसैगरी बेरुजु बढ्नुमा पेश्की धेरै लिने र समयमै नबुझाउने, कर्मचारीको खर्चमा अनियमितता हुनु, प्रक्रिया नपु¥याइ खर्च गर्नु, लेखा उत्तरदायी अधिकृत र जिम्मेवार व्यक्तिबाटै आर्थिक कार्यविधि ऐन, २०५५ र आर्थिक कार्यविधि नियमावली, २०६४ अनुसार निर्धारित कार्यविधि र प्रक्रिया नपु¥याइ खर्च गरिनुु, लेखापरीक्षण नगराउनु, लेखा उत्तरदायी अधिकृतबाट समय समयमा नियमित अनुगमन एवं निरीक्षण नहुनुु, प्रचलित आर्थिक ऐन, नियम र प्रशासनिक निर्णयहरू अस्पष्ट र दोहोरो अर्थ लाग्ने हुनुलगायत छन् ।नगरपालिकाको गत वर्षसम्म ५५ करोड १५ लाख ६५ हजार रुपियाँ बेरुजु बाँकी रहेको थियो । अहिले मौलापुर नगरपालिकामा हालसम्मको अद्यावधिक बेरुजु ६० करोड ३५ लाख ४५ हजार रुपियाँ पुगेको छ ।

Leave a Reply