वीरगन्ज,पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।सखुवाप्रसौनी गाउँपालिका(४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली १ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी(३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो ।रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङले लागेको थियो भने असरतोमी खेतमा काम गर्दै थिइन् ।चट्याङ लागेर देवरवानामा ४० वर्षीय राजबंशी महरा गम्भीर घाइते भएकोले उपचारका लागि वीरगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकरी दिए ।चट्याङ लागेर जिराभवानीम तीन जना सामान्य घाइते छन् ।