वीरगञ्ज,पर्सा जिल्लाको बिन्दावासिनी गाउँपालिका– ४ मधवल निवासी बिनोदकुमार चौरसियालाई किर्ते जालसाजीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार चौरसियाले सोही गाउँकी सुरसती देवीको जग्गा किर्ते गरी मालपोत कार्यालय पर्साबाट आफ्नो नाममा लालपुर्जा बनाएको आरोप लागेको छ । उक्त घटनाको अनुसन्धानका क्रममा सोमबार उनलाई नियन्त्रणमा लिइएको हो ।
यस प्रकरणमा संलग्न रहेको आरोपमा उनका भाइ हरिकिशोर प्रसाद चौरसिया, लालबाबु चौरसिया र रामबाबु चौरसिया फरार रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका बिनोदकुमार चौरसियामाथि जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

















