बारा, साउन ७ — मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले यस वर्ष आफ्नो संयमित खर्च नीति र प्रभावकारी कार्यसम्पादनमार्फत सुशासनको उत्कृष्ट नमूना प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले पूँजीगत बजेटको ८२.९३ प्रतिशत खर्च गर्दै, विगत सात वर्षमा कहिल्यै नदेखिएको उपलब्धि हात पारेको हो । यस्तै, चालु खर्चमा ५४.३७ प्रतिशत मा सीमित रही मितव्ययिता र उत्तरदायित्वको स्पष्ट सन्देश दिएको छ ।

गृहमन्त्री राजकुमार लेखीको नेतृत्वमा मन्त्रालयले खर्चलाई “पैसाको प्रयोग होइन, प्रभावको सिर्जना” भन्ने मूल मन्त्रका साथ अघि बढाएको देखिन्छ । मन्त्री लेखी भन्छन्, “हामी प्रत्येक रुपैयाँ जनताको नाममा खर्च गर्छौं, त्यसैले हरेक निर्णय सोचविचारपूर्वक र नतिजामूलक हुनुपर्छ ।” प्रदेश सरकारका सचिव विमल प्रसाद बरालका अनुसार मन्त्रालय विकासमुखी नभए पनि तालिम, गोष्ठी र कार्यशालामा खर्च गर्दा पूर्ण मूल्य र प्रभाव सुनिश्चित गरिएको छ । “हामी खर्चमा हैन, नतिजामा विश्वास गर्छौं,” बरालले थपे ।

Leave a Reply