राजन कुमार बानिया

पोखरिया,पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरंचीबर्वास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष बशिष्टकुमार गुप्ताले नयाँ भवनको शिल्यान्यास गर्नुभएको छ । अध्यक्ष गुप्ताले धार्मिक विधीअनुसार पूजापाठ गरि विद्यालय भवनको शिलान्यास गर्नुभएको हो ।

गाउँपालिकाको १८ लाख आर्थिक सहयोगमा नेराप्रावि बिरंचीबर्वामा दुई कोठे भवन निर्माण हुन लागेको अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।

भवन शिलान्यास कार्यक्रममा वडा अध्यक्ष जयनारायण प्रसाद कुर्मी, सदस्य प्रमोद गुप्ता लगायत स्थानीय बासिन्दाहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply