निजगढ,योगदान राष्ट्रको लागि संस्था निजगढको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

निजगढ– ७ स्थित फायरउड होटलमा भएको साधारण सभाले पत्रकार महेश्वर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
९ महिनाअघि सरस्वती चौलागाई नेतृत्वको गठन भएको तदर्थ समितिको पहिलो साधारण सभाले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भावना सुनार, सचिवमा लक्ष्मी पाण्डे, कोषाध्यक्षमा जानुका अधिकारी, सहसचिवमा भरत खड्का सर्वसम्मत चयन भएका छन् ।
कार्यसमितिको सदस्यमा लक्ष्मी भण्डारी, नेत्रकुमारी थापा, शुभद्रा उप्रेती, बेगबहादुर थापा चयन भएका छन् ।११ सदस्यीय कार्यसमितिमा दुईजना सदस्य भने आगामी बैठकले मनोनयन गर्ने साधारण सभाले निर्णय गरेको छ ।साधारण सभामा योगदान राष्ट्रको लागिका केन्द्रिय सदस्य रामकृष्ण घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

















