आरके चौधरी
सखुवाप्रसौनी,पर्सा प्रहरीले जिल्लाको पर्सागढी नगरपालिकाबाट तिन ट्याक्टर अवैध काँचो काठ (चिर्पट) नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराज केशरीको कमान्डमा खटिएको प्रहरी टोलीले पर्सागढी नगरपालिका– ७ स्थित छठी घाट ब्रहमबाबाको छेउमा नदी किनाराबाट काँचो काठ नियन्त्रणमा लिएको हो ।बिन्दबासनीको कोइलाभार बढनिहार साझेदारी समिति पर्साका अध्यक्ष रिजवान आलम, सब डिभिजन वन रङ्गपुर टाढी पर्साका रेञ्जर कपिलदेव प्रसाद यादव सहितको टोलीले बिहीवार बिहान ११ बजे छुट्टाछुट्टै दुई ठाउँमा लुकाई छिपाइ राखिएको अवैध काँचो काठको चिरपट नियन्त्रणमा लिएको इन्स्पेक्टर केशरीले जानकारी दिनुभयो ।

Leave a Reply