कोल्हबी,बाराको कोल्हबी आसपासको जङ्गल क्षेत्र र मानव बस्तीहरूमा पछिल्ला केही दिनदेखि जंगली हात्तीको गतिविधि बढ्न थालेपछि स्थानीय चिन्तित बनेका छन ।हात्तीले जङ्गल छेउछाउका बस्ती तथा किसानको खेतबारीमा प्रवेश गरी बालीनालीमा ठूलो क्षति पु¥याएपछि स्थानीयको चिन्ता बढेको हो ।

जंगली हात्तीले बाली खाएर नष्ट पारेपछि स्थानीय किसानहरू चिन्तित बनेका हुन भने उनीहरुमा हात्ती बस्तिमा पसेर आक्रमण गर्नसक्ने त्रास समेत फैलिएको छ ।यसैबीच बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य गणेश धिमालले प्रभावित क्षेत्रको आज निरीक्षण गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले स्थानीयवासीसँग छलफल गर्दै क्षतिको विवरण बारे जानकारी लिनुभएको थियो ।सांसद धिमालले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल हात्ती नियन्त्रण तथा दीर्घकालीन समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको थियो ।

Leave a Reply